
चितवनको रत्ननगरमा कजारिया रमेश टाइल्स लिमिटेडले नयाँ शोरुम सञ्चालनमा ल्याएर बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच विस्तार गरेको छ ।
चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टरियर डिजाइनरका लागि विश्वस्तरीय वाल तथा फ्लोर टाइल्सको वृहत् सङ्ग्रह उपलब्ध गराउनेछ ।
आइतबार दिउँसो १ बजे आधिकारिक रूपमा उद्घाटन गरिएको यो समारोहमा कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा पाण्डेको प्रमुख उपस्थिति रहेको थियो । ग्राहक–मैत्री र आकर्षक वातावरणमा डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले कजारियाका सिग्नेचर फ्लोर र वाल टाइल्सको विस्तृत शृङ्खला प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।
साझेदारीमार्फत प्रमुख सहरहरूभन्दा बाहिर पनि उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स उपलब्ध गराउने उद्देश्य राखिएको कजारिया रमेश टाइल्सका प्रतिनिधिले बताए । चितवन र आसपासका बासिन्दाले कजारियाको भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरूमा सहज पहुँच पाऊन् भन्ने मुख्य लक्ष्य रहेको उनले प्रस्ट्याए ।
यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेकाले रत्ननगर-१० तथा वरपरका क्षेत्रका सम्पूर्ण बासिन्दालाई नयाँ कलेक्सनहरू अवलोकनका लागि निमन्त्रणा गरिएको छ । कजारिया रमेश टाइल्सले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टाइल उत्पादन उद्योग स्थापना गरी नेपालको टाइल उद्योगलाई नयाँ परिभाषा दिएको छ ।
कम्पनीले सुपरब्रान्ड २०२५ को उपाधि, ‘एशियाज् मस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टाइल उत्पादकमध्ये एकका रूपमा ख्याति कमाएको छ । यसको गुणस्तर र दिगोपनाको प्रतिबद्धता आईएसओ प्रमाणीकरण, इन्डियन ग्रिन बिल्डिङ काउन्सिलको सदस्यता र प्रतिष्ठित एनएस क्वालिटी अवार्ड २०२६ मार्फत स्पष्ट हुन्छ ।
३ हजारभन्दा बढी आधुनिक डिजाइन विकल्पहरू सहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १ सयभन्दा बढी शोरुमहरूको बलियो देशव्यापी उपस्थिति रहेको छ ।








प्रतिक्रिया