८ विश्वविद्यालयको उपकुलपति पदका लागि सर्ट लिस्ट सार्वजनिक, जेठ २५ भित्र सुझाव दिन आह्वान

शिक्षा तथा खेलकुद मन्त्रालयले देशका विभिन्न ८ विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।

Advertisement

मन्त्रालयअन्तर्गत गठित उपकुलपति छनोट तथा सिफारिस समितिले एकीकृत कार्यविधि, २०८३ बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी शुक्रबार अल्पसूची तयार गरेको हो।

समितिको शुक्रबारको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपति पदका लागि उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको छ।

यसरी नाम सार्वजनिक गरिएका अन्य संस्थाहरूमा पूर्वाञ्चल, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालय रहेका छन्। छनोट प्रक्रियामा अगाडि बढेका यी उम्मेदवारहरूको नामावली वर्णानुक्रमअनुसार मन्त्रालयले सार्वजनिक गरेको हो।

Advertisement

मन्त्रालयले सर्ट लिस्टमा परेका उम्मेदवारहरूका सम्बन्धमा सरोकारवाला पक्षहरूबाट आवश्यक राय तथा सुझाव समेत माग गरेको छ। इच्छुक व्यक्तिले मन्त्रालयले उपलब्ध गराएको गुगल लिङ्कमार्फत जेठ २५ गतेभित्र आफ्नो सुझाव पठाउन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री