बुटवल–नारायणगढ सडकको मुहार फेरिँदै, घण्टौँको जाम र धुलोबाट राहत

विगत धेरै वर्षदेखि निर्माण सुस्त हुँदा अत्यधिक जाम, धुलो र सास्तीको पर्याय बनेको बुटवल–नारायणगढ सडक खण्डमा अहिले सवारी आवागमन सहज बन्दै गएको छ ।

Advertisement

सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यस सडक भएर ओहोरदोहोर गर्ने यात्रुले ठूलो राहत महसुस गर्न थालेका छन् ।

निर्माणाधीन सडकका मुख्य र कठिन भागहरूमा ढलानको काम लगभग सकिएपछि सवारीसाधनको गति बढेको छ र यात्रा अवधि पनि निकै छोटिएको छ । यसअघि सामान्य दूरी पार गर्न पनि घण्टौँसम्म जाममा सुत्नुपर्ने बाध्यता हटेपछि यात्रुहरूले बुटवल–नारायणगढको यात्रा तुलनात्मक रूपमा सहज र छिटो हुन थालेको बताएका छन् ।

निर्माण अन्तिम चरणमा, यात्रा सुरक्षित र छिटो हुने अपेक्षा

सडक विस्तार आयोजनाका अनुसार धेरैजसो क्षेत्रमा ढलान तथा कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी रहेका खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यले तीव्रता पाएसँगै सडकमा हुने सवारीसाधनको चाप व्यवस्थापन चुस्त भएको छ र धुलोको समस्या पनि निकै कम देखिएको छ ।

Advertisement

विसं २०७५ देखि विस्तार कार्य सुरु भएको यस रणनीतिक सडक खण्डमा निर्माण अवधि लम्बिएका कारण यात्रु, स्थानीय बासिन्दा र व्यवसायीले लामो समयसम्म सास्ती भोग्नुपरेको थियो । हाल काम सम्पन्नतर्फ उन्मुख भई सडकको अवस्था सुध्रिएपछि यातायात व्यवसायीहरू समेत उत्साहित भएका छन् भने आयोजना पूर्ण रूपमा सकिएपछि यो मार्ग अझ सुरक्षित र भरपर्दो हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री