
विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाममा ३ सय वटा बिरुवा रोपेको छ ।
बैंकको फिक्कल शाखाले इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी नगरको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
यो अभियानले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा टेवा पुर्याउने विश्वास लिइएको छ । यसका साथै जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा योगदान पुग्ने बैंकले जनाएको छ ।
चियाबगान क्षेत्रमा गरिएको हरियाली विस्तारले इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप बढाउने देखिएको छ । यसले भविष्यमा दिगो पर्यटन विकासमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका २ सय ८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले ‘समुदायका लागि कुमारी बैंक’ अवधारणाअन्तर्गत देशभर विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।
यसअन्तर्गत विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण तथा सामुदायिक र सरकारी विद्यालयको पूर्वाधार विकासमा सहयोग पुर्याउँदै आएको बैंकले जनाएको छ । त्यस्तै स्वच्छ वातावरण निर्माणका लागि सरसफाइ सामग्री वितरण, अनाथालयमा सहयोग र वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरू नियमित सञ्चालन गरिरहेको बताए ।








प्रतिक्रिया