
नेको इन्सुरेन्स लिमिटेडले आफ्नो सेवा संचालनको ३० वर्ष पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जेठ १७ गते ३१औँ वर्षमा प्रवेश गरेको कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, बीमा भवनमा सो कार्यक्रम आयोजना गरेको हो ।
निःशुल्क स्वास्थ्य परीक्षण समेतकर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमबाट कुल ५३ पिन्ट रगत संकलन भएको छ ।
नेपाल मेडिसिटी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा रगत संकलनका अतिरिक्त सहभागीहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
सामाजिक सेवाप्रति प्रतिबद्धता जनाउँदै कम्पनीले समाजमा रगतको उपलब्धता बढाउन तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल मेडिसिटी अस्पताल, रक्तदाता र कर्मचारी लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।








प्रतिक्रिया