
लगातार दुई कारोबार दिन बढेको शेयर बजारमा बिहीबार भने गिरावट आएको छ।
बिहीबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा ओर्लिएको हो।
नेप्सेसँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ओरालो लागेका छन्।
परिसूचकसँगै बजारमा कारोबार रकम पनि संकुचित भएको छ। बुधबार ५ अर्ब ७३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा बिहीबार ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ।
बिहीबार ३५३ कम्पनीको ५१ हजार ६०१ पटकको व्यापारमा १ करोड ६ लाख १७ हजार कित्ता शेयर किनबेच भए।
बजार घटे पनि कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ८५ रुपैयाँ ९० पैसाले बढेर ६५८ रुपैयाँ ८० पैसा पुगेको छ।
त्यस्तै न्यादी हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
बिहीबार ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य सर्वाधिक १०.४८ प्रतिशतले ओरालो लागेको छ। अन्य कम्पनीको शेयरमूल्य गिरावट भने ५ प्रतिशतभन्दा कमै रह्यो।
कारोबार रकमका आधारमा एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्र ३४ करोड १ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो।
बिहीबार आँखुखोला जलविद्युत कम्पनीको ३२ करोड र सेन्ट्रल फाइनान्सको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो।
म्युचुअल फण्डबाहेक बाँकी १२ उपसमूहको परिसूचक बिहीबार ओरालो लागेका छन्। व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.७१ प्रतिशतले घट्दा निर्जीवन बीमा र होटल उपसमूह पनि १ प्रतिशतभन्दा धेरैले घटे।








प्रतिक्रिया