
नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन: विवाह गर्ने भएका छन् । वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ ।
सोही अवसरमा यि दुईले विवाह गर्न लागेको बताइएको छ । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ ।
प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधनपछि सीता दाहालको स्वास्थ्य अवस्था बारम्बार बिग्रदै आएको छ ।
यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।







प्रतिक्रिया