आइतबार, ११ जेठ २०८२

प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच सेवामा छुट सम्बन्धी साझेदारी सम्झौता

समयपोष्ट २०८२ जेठ ११ गते १९:३९

Advertisement

प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच व्यवसायिक साझेदारीको लागि विशेष छुट सम्बन्धी सम्झौता भएको छ।

२०८२ साल जेठ १२ गते आयोजित एक समारोहका बीच प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एन.बि.सि.ओ) राजु राना र इला कम्फर्ट होटल एण्ड रिसोर्टका महाप्रबन्धक बुद्धि प्रसाद तिवारीले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार अब प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गले होटलको सेवा उपयोग गर्दा विशेष छुट प्राप्त गर्नेछन्।

सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले डेबिट वा क्रेडिट कार्डसहित बैंकका अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत तथा खाना र मनोरञ्जन सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

बाग्लुङ, जुन पर्यटकीय गन्तव्यका रूपमा परिचित छ, पर्यटकहरुको बाक्लो उपस्थिति रहने क्षेत्र हो। बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय लगायतका थुप्रै स्थल अवलोकन गर्न देशविदेशका पर्यटकहरु आउने गर्छन्। यस्ता गन्तव्यहरुमा सहज र आरामदायी बसोबास उपलब्ध गराउने उद्देश्यले इला कम्फर्ट होटल एण्ड रिसोर्टले न्यानो पारिवारिक वातावरणमा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।

Advertisement

प्रभु बैंक लिमिटेड र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच भएको यो सहकार्यले बाग्लुङको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र साथसाथै बैंकका ग्राहकवर्गलाई सेवा उपभोगमा थप लाभ प्राप्त हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री