तीनकुने हिंसात्मक प्रदर्शन: दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर

समयपोष्ट २०८२ जेठ ११ गते १८:११


काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएपछि प्रमुख अभियुक्तका रूपमा दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यानको अभियोगमा मुद्दा दायर गरिएको छ।

Advertisement

काठमाडौं जिल्ला अदालतमा दायर गरिएको उक्त मुद्दामा आन्दोलनको कमान्ड गरेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका साथै हरिहरि चौलागाईं, तारा राजावादी भनेर चिनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूलाई प्रतिवादी बनाइएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले जानकारी दिएका छन्।

तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। सोही घटनाको अनुसन्धानपछि उनीहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा अगाडि बढाइएको हो।

चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनका क्रममा सुरक्षा निकायसँग झडप भएको थियो, जसले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री