नबिल बैंकद्वारा लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप
नबिल बैंकले ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद असार मसान्तसम्म थप गरेको छ। नयाँ वर्षको अवसरमा सुरु भएको यो योजना अब थप समयसम्म लागू हुनेछ।
यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिन कुनै प्रवेश शुल्क, वार्षिक शुल्क वा सदस्यता शुल्क लाग्ने छैन। ग्राहकले घर वा कार्यालयबाटै आवेदन दिन सकिनेछ र आफूलाई सुविधाजनक ठाउँमा कार्ड प्राप्त गर्न सक्नेछन्।
यो योजनाले आधुनिक बैंकिङलाई प्रोत्साहन गर्नुका साथै ग्राहकलाई बार्षिक शुल्कबाट मुक्त गर्ने बैंकको विश्वास छ। ‘Buy now, pay later’ सुविधामार्फत ग्राहकले शून्य ब्याजदरमा सामान खरिद गर्न र विभिन्न आउटलेटमा छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले नबिल बैंकको शाखामा गएर वा https://nbankhome.nabilbank.com/digital-form/credit-card मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो, जसले २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले नवीनतम सेवामार्फत नेपाली बैंकिङ क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
प्रतिक्रिया