शनिबार, १० जेठ २०८२

दाउन्ने सडक भासियो, यातायात पूर्ण रूपमा अवरुद्ध

समयपोष्ट २०८२ जेठ १० गते १०:३३

Advertisement

लगातारको वर्षापछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकको सडक खण्ड भासिँदा यातायात पूर्ण रूपमा ठप्प बनेको हो।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाँका अनुसार सडक भासिएको क्षेत्र बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिममा पर्छ। करिब ७ मिटर सडक भासिएको र ढलानसमेत उप्किएको जानकारी दिँदै उहाँले शनिबार बिहानसम्म पनि सडक सञ्चालनमा आउन नसकेको बताए।

“सडक मर्मतका लागि पहल भइरहेको छ, तर वर्षा नरोकिँदा काममा कठिनाइ भइरहेको छ,” बानियाँले जानकारी दिनुभयो। पानी रोकिएलगत्तै सडक डिभिजन कार्यालय र निर्माण कम्पनीसँग समन्वय गरेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री