बाह्र घण्टापछि कान्तिलोकपथ सञ्चालनमा
समयपोष्ट
२०८२ जेठ १० गते ११:४७
हेटौंडा–काठमाडौं जोड्ने महत्वपूर्ण कान्तिलोकपथ सडकखण्ड बाह्र घण्टापछि पुनः सञ्चालनमा आएको छ।
शुक्रबार साँझको बाढीका कारण ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ को सिमानास्थित बगुवा खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएको थियो।
बगुवा खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध बनेको थियो। उक्त स्थानमा रहेको बागमती पुल नजिकैको वैकल्पिक मार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन चल्न सकेका थिएनन्।
बाह्र घण्टाको प्रयासपछि अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।
सडक अवरुद्ध हुँदा यात्रुहरूलाई ठूलो समस्या परेको थियो भने लामो दूरीका सवारीहरू बीचबाटोमै रोकिएका थिए।
प्रतिक्रिया