
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (MAN) बीच एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले “MAN–Citizens Aspiring Manager Award” स्थापना गर्न सम्झौता भएको छ। माघ २५ गते MAN को कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र MAN का अध्यक्ष मोहन राज ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरे।
यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एम.बि.ए. मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिनेछ। पुरस्कारको राशि ५१,००० रुपैयाँ रहेको छ, जुन सिटिजन्स बैंकले प्रायोजन गर्नेछ। उत्कृष्ट विद्यार्थी चयनका लागि बैंक, पूर्वाञ्चल विश्वविद्यालय र MAN का पदाधिकारी सम्मिलित समिति गठन गरिनेछ। पुरस्कार प्रत्येक वर्ष माघ महिनामा MAN को म्यानेजमेन्ट कन्भेन्सनमा वितरण गरिनेछ।
सिटिजन्स बैंकले यो पहलले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। हालै “बैंक अफ द इयर २०२४” को प्रतिष्ठित उपाधि जित्न सफल यो बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र CRN नम्बर सेवा उपलब्ध गराउने पहिलो बैंकको रूपमा पनि स्थापित भएको छ।
हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६८ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ८६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।









प्रतिक्रिया