शुक्रबार, ७ असार २०८१

राष्ट्रिय वाणिज्य बैङ्कको सीईओमा खनाल

समयपोष्ट २०८१ जेठ ११ गते ६:३१

Advertisement

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हेमराज खरेलले जानकारी दिए ।

उनका अनुसार खनाल चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । उनी यसअघि डेपुटी सीईओ थिए ।

यसअघि बेंकले सीईओका लागि आवेदन दिएका मध्येबाट पाँच जनाको नाम ‘सर्टलिस्ट’ मा राखेको थियो । सर्ट लिस्टमा पर्नेहरूमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी थिए ।

Advertisement

सीईओका लागि २० जनाले आवेदन दिएका थिए । बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएपछि पद रिक्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री