उद्योग सञ्चालन गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय
समयपोष्ट
२०८२ कार्तिक २ गते १६:१०
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘एकीकृत स्वामित्व’ को अवधारणा अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव विप्लवले यो निर्णय सार्वजनिक गरेका हुन्।
पार्टीले विगतदेखि नै आफ्ना गतिविधिहरूलाई उत्पादनसँग जोड्दै आएको र यो वर्ष वर्षेबालीको उत्पादन अपेक्षा गरिएभन्दा राम्रो भएको जानकारी दिइयो। साथै, हिउँदे बालीको उत्पादनलाई पनि व्यवस्थित र प्रभावकारी बनाउने योजना रहेको नेकपाले जनाएको छ।
महासचिव विप्लवले ‘नयाँ आर्थिक मार्ग’ को अवधारणा अन्तर्गत आत्मनिर्भर अर्थ प्रणालीको प्रयोगले आर्थिक जीवनमा उत्साहजनक परिणाम प्राप्त भएको दाबी गरे। उनले पार्टीले कृषि उत्पादन वृद्धि र उद्योग सञ्चालनमार्फत आत्मनिर्भर अर्थतन्त्रलाई सुदृढ गर्ने लक्ष्य राखेको बताए।
प्रतिक्रिया