आइतबार, २ कार्तिक २०८२

केपी ओलीको दाबी: यस्तै हुँदै गयो म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ

समयपोष्ट २०८२ कार्तिक २ गते १६:१९

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान अवस्था कायम रहे आफू पुनः प्रधानमन्त्री बन्ने सम्भावना बढ्ने दाबी गरेका छन्। आइतबार सम्पादकहरूसँगको छलफलमा उनले यस्तो विचार व्यक्त गरेका हुन्।

ओलीले देशमा चलिरहेको अस्थिरता र अराजकताप्रति जनताको असन्तुष्टि बढ्दै गएको बताउँदै यस्तो अवस्था लामो समय नसहने दाबी गरे।

“यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ। जनताले यो अराजकता किन सहने?” उनले भने। उनले वर्तमान नेतृत्वले समस्याको समाधान गर्न नसके जनताले आफूलाई पुनः नेतृत्वमा ल्याउन चाहने बताए।

छलफलमा उपस्थित सम्पादकहरूलाई सम्बोधन गर्दै ओलीले उनीहरूले समेत वर्तमान अवस्थाको समाधानका लागि आफूलाई बोलाउनुपर्ने अवस्था आउने उल्लेख गरे।

Advertisement

“तपाईंहरूले अहिले त अलि मेसो पाउनुभएको छैन, तर चाँडै सम्पादकीय लेखेर भन्नुहुन्छ, ‘ल्याऔं केपी ओलीलाई’ भनेर,” उनले हल्का ठट्टा गर्दै भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री