ओलीको खुलासा : प्रधानमन्त्रीको शपथ ग्रहणभन्दा अगाडिसम्म सेनाले मेरो मोबाइल सिज गरेको थियो
समयपोष्ट
२०८२ कार्तिक २ गते १६:४१
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाले आफ्नो मोबाइल सिज गरेको खुलासा गरेका छन्।
आइतबार राजधानीमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुअघिसम्म आफ्नो मोबाइल प्रयोग गर्न नपाएको बताए।
ओलीले भने, “मैले राजीनामा दिएपछि म नेपाली सेनाको सुरक्षामा थिएँ। त्यो सुरक्षालाई तपाईंहरूले जे सुकै नाम वा विशेषण दिन सक्नुहुन्छ। तर, मलाई शपथ ग्रहणअघिसम्म मोबाइल फोन प्रयोग गर्न दिइएको थिएन। मेरो मोबाइल सिज गरिएको थियो। त्यसैले म भदौ २७ गते बेलुकासम्म कसैसँग सम्पर्कमा रहिनँ।”
उनले यो अवधिमा आफू पूर्णरूपमा बाहिरी संसारसँग सम्पर्कविहीन रहेको बताए।
प्रतिक्रिया