राजनीतिक गुरुको भोट गन्न ललितपुरमा बालेन

काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साह ललितपुरको मतगणना स्थलमा पुगेका छन् ।

Advertisement

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा बालेन ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पुगेका हुन् ।

अहिले ललितपुरको वडा नम्बर १० को मतगणना सुरु हुन लागेको छ । यस वडाबाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रूपमा मतगणनामा सहभागी हुन बालेन त्यहाँ गएका हुन् ।

व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मान्ने गर्छन् । व्यञ्जनकारले पञ्चायतकालदेखि हरेकपटक सोही वडाबाट निरन्तर वडाध्यक्ष जित्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री