शुक्रबार, ७ वैशाख २०८१

सिद्धार्थ प्रियिमरको सिइओमा विरेन्द्र बैदवार क्षेत्री नियुक्त

समयपोष्ट २०७९ चैत १३ गते १३:५७

Advertisement

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको चैत ९ गते बसेको बैठकले क्षेत्रीलाई फागुन १७ गते देखि लागू हुने सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले नव नियुक्त सिइओ क्षेत्रीले आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेको हो ।

उनी मर्जर अघि सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

यस्तै कम्पनीले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ अनुसार कम्पनीको सल्लाहकार नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री