शनिबार, २८ असार २०८२

एशियन लाइफले आजदेखि हकप्रद शेयर निष्काशन गर्दै

समयपोष्ट २०८२ असार २५ गते ११:१८


एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात् १० कित्ता शेयर बराबर ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Advertisement

यसअनुसार कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। यसअनुसार जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले यो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १३ गतेसम्म तोकिएको छ।

हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एशियन लाइफ इन्स्योरेन्सलाई ‘आईआरएन सिंगल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Advertisement

हकप्रद शेयरका लागि शेयरधनीहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालयहरू, एशियन लाइफ इन्स्योरेन्सको कार्यालय, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो शेयर’ अनलाइनमार्फत सि–आस्वा प्रणालीबाट आवेदन दिन सकिनेछ।

हाल एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन र बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री