एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०८२ जेठ २६ गते ११:३०
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस शेयर र सो बोनस शेयर वितरणमा लाग्ने कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
कम्पनीद्वारा घोषणा गरिएको सो लाभांश बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरूलाई वितरण गरिनेछ।
प्रतिक्रिया