महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार नियुक्त
महालक्ष्मी विकास बैंकको मिति २०८२/०३/२० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अश्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त हुनुभएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४(३) बमोजिम उहाँको नियुक्ति भएको हो।
ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरूको बोर्ड सदस्यको जिम्मेवारीमा रही कार्य गरेको समृद्ध अनुभव रहेको छ।
मिति २०८२/०३/२९ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उहाँले स्वतन्त्र सञ्चालकको पद बहाली गर्नुभएको छ। सोही अवसरमा बैंकको सञ्चालक समिति सदस्यहरूले संयुक्त रूपमा उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। बैंकले उहाँको अनुभवले संस्थाको समग्र सुशासन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालयहरू र ८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्।
प्रतिक्रिया