इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टवीच रेमिट्यान्स भुक्तानी सम्झौता

नेपालकै नं १ डिजिटल रेमिट्यान्स कम्पनी इसेव मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रा.लीवीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

Advertisement

सम्झौतासंगै, संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १०,००० बढी भुक्तानी केन्द्र र ईसेवा वालेटका ५००० बढी एजेन्ट संगै अब प्रभु म्यानेजमेन्ट संग आवद्ध नेपालभरी रहेका ७,००० बढी सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै, प्रभु म्यानेजमेन्टसंग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यि सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिनेछ ।

सम्झौता बारे आफ्नो मन्तव्य व्यक्त गर्दै ईसेवा मनी ट्रान्सफरका सि.इ.ओ अजेस कोइरालाले भन्नुभयो,“प्रभु म्यानेजमेन्ट संग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं। प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं र यसले ईसेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्याएको छ ।

प्रभु मेनेजमेन्ट प्रा.लीका बारे कुरा गर्न पर्दा, रेमिट्यान्स सेवा, बैंकिङ् सेवा, सहकारी लगायत अन्य छरपस्ट रुपमा रहेका विभिन्न सुविधाहरुलाई एउटै छातामा समेटेर जनस्तर सम्म पुर्याउनका लागि २०६९ साल असोज १० गतेका दिन यस संस्थाको विधिवत शुभारम्भ भएको थियो । अतः आफ्नो संजालमा रहेको सम्बन्धलाई अझ प्रभावकारी रुपमा अघि बढाउनको लागि प्रभु म्यानेजमेन्टले एउटै छानामुनि सम्पुर्ण अन्तराष्टिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै एन.टि.सि., एन.सेल. को मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानि सुविधा उपलब्ध गराएको छ ।

Advertisement

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १०, ००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री