मंगलबार, ६ साउन २०८२

नबिल बैंकले डाक्यो साधारणसभा , संस्थापक सेयरलाई साधारण सेयर बनाउने

समयपोष्ट २०७५ फागुन ६ गते १२:४१

नबिल बैंकले लाभांश प्रस्ताव पारित गराउन फागुन २७ गते साधारण सभा बोलाएको छ ।

बैंकले साधारणसभामा २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजादैछ   ।  बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८४ लाख ७ हजार ५ सय २० रुपैयाँ हुनेछ ।

बैंकले तत्कालीन सेयरधनी एनआइडिसी डेभलपमेन्ट बैंकको साविकको १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव सभामा लैजानेछ ।

सर्वसाधारण सेयरधनीमा रुपान्तरण गर्न सञ्चालक समितिको सिफारिसमा नेपाल राष्ट्र बैंकको स्विकृतिका लागि समेत निवेदन दिइसकेको छ । त्यसको लागि आवश्यक स्विकृतिसमेत प्राप्त भइसकेको बैंकले भनेको छ । बैंकले साधारण सभाका लागि फागुन १४ गते बुक क्लोज गर्नेछ ।

चालु आवको दोस्रो त्रैमासम्म बैंकको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री