स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६.७९ प्रतिशतले बढ्यो
समयपोष्ट
२०७५ माघ २९ गते २०:४४
स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनाको बित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६.७९ प्रतिशतले नाफा बढाएर एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष एक अर्ब ७ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकको व्याज आम्दानी ३१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै खुद व्याज आम्दानी पनि २.३१ प्रतिशतले मात्रै सुधार हुन सकेको छ । निक्षेप संकलन ०.१३ प्रतिशतले बढेको छ भने कर्जा विस्तार १८ प्रतिशतले सुधार भएको छ।
बैंकले छ महिनामा ६५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ९६ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। बैंकको जगेडामा ७ अर्ब तीन करोड रुपैयाँ जम्मा भएको छ। खराब कर्जा ०.०३ प्रतिशत विन्दुले बढेर ०.२० प्रतिशत छ। प्रतिशेयर आम्दानी तीन रुपैयाँले सुधार भएको छ।
प्रतिक्रिया