भेनेजुएला विषयमा निकालिएको विज्ञप्तिबारे यसो भन्छन् प्रवक्ता श्रेष्ठ

अमेरिकालाई साम्राज्वादी भनी जारी गरिएको विज्ञप्तिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै यसको खण्डन गरे ।

Advertisement

आजको कान्तिपुर दैनिकमा खबर छ,पहिले वक्तव्य नै आफ्नो आधिारिक धारण भएको र त्यसमा कसैले नफसाएको स्पष्ट पारे ।

भेनेजुएला विषयमा निकालिएको विज्ञप्ति नै विवादमा परिरहेको बेला त्यसलाई किन आइलाग्यो त ? ‘किनभने भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेकै थियो र त्यसमा हामी बोल्नैपथ्र्यो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘यसरी बोलेको कुरामाथि शंका उब्जेपछि त्यसलाई प्रष्ट पार्ने दायित्व अध्यक्षज्यूले पूरा गर्नु भएको हो । हाम्रो सम्बन्ध अमेरिकासँग राम्रो हुनुपर्छ तर उसको अन्यायलाई सहने मूल्यमा होइन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री