मृत अवस्थामा फेला परेको चितुवाको पोष्टमार्टम, मृत्यु हुनुको कारण यस्तो

मृत अवस्थामा फेला परेको चितुवा गोली लागेर मरेको पुष्टि भएको छ ।

Advertisement

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडाको टिमुरदह गाउँ नजिकै ब्रमण्डी सामुदायिक वनमा उक्त चितुवा आज मृत अवस्थामा फेला परेको थियो ।
मृत अवस्थामा भेटिएको चितुवा डिभिजन वन कार्यालय डोटीमा ल्याएर पशु चिकित्सकको टोलीले पोष्टमार्टम गर्दा गोली लागेको पुष्टि भएको डिभिजन वन अधिकृत रामविचारी ठाकुरले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री