
सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:५१ बजे भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन। एका बिहानै भूकम्पको कडा धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।







प्रतिक्रिया