फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्तको एफपीओ निष्कासन

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। यस क्रममा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर बिक्री गर्न लागेको छ, जसको कुल मूल्य १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ हुनेछ।

Advertisement

लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। तर, सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि चैत ३ गतेसम्म लम्बिन सक्नेछ। एफपीओमा न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई ‘इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ निष्कासनपश्चात यो पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री