बालाजुमा ट्याक्सी र मोटरसाईकल आपसमा ठोकियो, एक जनाको मृत्यु

काठमाडौँको बालाजुस्थित गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

Advertisement

माछापोखरीबाट बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा७८प १४० नम्बरको मोटरसाइकल शनिबार राति सवा ११ बजे आपसमा ठोकिदाँ मोटरसाइकल चालक नुवाकोट, ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २२ वर्षकै रुपेश तामाङ भने गम्भीर घाइते भएका छन् ।उनको ट्रमा सेण्टरमा उपचार भैहेको छ।

उपचारकै क्रममा मोटरसाइकल चालक निखिलको आइतबार बिहान सवा ५ बजे मृत्यु भएको महाशाखाले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री