शुक्रबार, ७ वैशाख २०८१

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम सम्पन्न

समयपोष्ट २०७८ पुष २९ गते २०:५८

Advertisement

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले संखुवासभाको खांदवारीमा तीन दिने “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न गरेको छ ।

पौष २० गतेदेखि ३ दिनसम्म आयोजित तालिम कार्यक्रममा २६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धकनवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गर्नुभएको थियो ।

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री