सेयर बजारमा उछाल, २३.९९ अङ्कले बढ्यो नेप्से परिसूचक
साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको छ, जुन ०.८९ प्रतिशतको वृद्धि हो।
आज दिनभरको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कुल २४८ कम्पनी र ३१६ वटा स्क्रिपका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिदबिक्री भएका छन्। कारोबारमा आएका कम्पनीहरूमध्ये १९९ वटाको सेयर मूल्यमा वृद्धि देखिएको छ भने ४९ वटाको मूल्य घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेन।
आज सबैभन्दा बढी कमाउनेमा वरुण हाइड्रोपावर रहेको छ, जसको सेयर मूल्य ६.२१ प्रतिशतले बढेको छ। त्यसैगरी, सञ्चकन्या माई हाइड्रोपावर का लगानीकर्ताले ४.२८ प्रतिशत र एनआईसी एसिया बैंक का लगानीकर्ताले ३.९३ प्रतिशत कमाए।
कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहे।
प्रतिक्रिया