शनिबार, ८ वैशाख २०८१

आजदेखि राजधानीमा ३ दिने ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने

समयपोष्ट २०७८ पुष २३ गते ८:०३

Advertisement

आज शुक्रबारदेखि राजधानीमा ‘नेपाल उड इन्टरनेसनल एक्स्पो तथा नेपाल इन्टरनेसनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा आज शुक्रबारदेखि आइतबारसम्म भृकृटीमण्डपमा ‘नेपाल उड इन्टरनेसनल एक्स्पो तथा नेपाल इन्टरनेसनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गर्न लागेका हुन् ।

सातौ संस्करणको यस प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डहरुको स्टल रहने आयोजकले जानकारी दिएका छन्।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी आयोजना गर्दै आएको बताइएको छ।

‘यस सातौ नेपाल उड प्रदर्शनीमा संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छौं। यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ,’ आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पुर्‍याउने विश्वास आयोजकको छ। ‘यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहनेछ। यस प्रदर्शनीले नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री