तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनमा कर्फ्यू

तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको युझोउ सहरमा कर्फ्यू घोषणा गरिएको छ ।

Advertisement

हेनान प्रान्तको युझोउ सहरमा १२ लाख जनसंख्या छ । सहरका सबै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको छ । सो सहरमा केही दिनअघि बस तथा ट्याक्सी सेवा बन्द गरिएको थियो । त्यस्तै सहरका सपिङ मल, म्युजियम र पर्यटकीय आकर्षणका क्षेत्रहरु पनि बन्द गरिएका थिए ।

चीनमा मंगलबार थप १७५ जनामा कोभिड देखिएको छ । तीमध्ये पाँच जना हेनान प्रान्तका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री