आजबाट नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द

नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबारबाट ६ घण्टा बन्द हुने भएको छ ।  सडक विस्तारको कामलाई समयमानै सम्पन्न गर्न आज राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक वन्द  गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीसाधनलाई दासढुंगाको मानव बस्ती नभएको खोला किनार र ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

Advertisement

काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डमा आज रातिबाट कटिङको काम शुरु गर्ने आयोजनाले जनाएको छ । कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलोमा ठेकेदार आफैंले लाइटको व्यवस्था गरी कटिङको काम गरिदै छ ।  २९ किलो र ३३ किलोमा विद्युत प्राधिकरणको समन्वयमा आवश्यक लाइटको प्रवन्ध मिलाईसकेको छ ।

सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी  छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री