मंगलबार, १८ वैशाख २०८१

ज्योति विकास बैंकको एक साथ पाँच नयाँ शाखा विस्तार

समयपोष्ट २०७५ फागुन ८ गते २०:३१

Advertisement

ज्योति विकास बैंकले एक साथ पाँच नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले भक्तपुर जिल्लाको बोडे, काभ्रेको बनेपा, काठमाडौंको साँखु, बलम्बु र कीर्तिपुरमा पाँच नयाँ शाखा विस्तार गरेको हो । मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले उद्घाटन गरे ।

काभ्रेको बनेपामा रहेको शाखाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उद्घाटन गरे ।

काठमाडौंको साँखु शाखाको शंखरापुर नगरपालिकाका मेयरसुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठले र कीर्तिपुर नगरपालिका वडा नं ९ नयाँबजार शाखाको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।

चन्द्रागिरी नगरपालिका वडा नं १२ बलम्बुमा रहेको शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले उद्घाटन गरे ।

सो अबसरमा राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतूर्ण कर्जामा बैंकले ध्यान दिँदै डिजिटल भुक्तानी तिर अग्रसर हुँदै बित्तिय साक्षरतामा समन्वय गर्न आग्रह गरे ।

उनले बैंकमा कारोबार सुरक्षित छ र नियमनका सम्पूर्ण प्राबधानहरु पुरा गरेकाले ढुक्क भइ कारोबार गर्न सुझाब दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री