बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर पारित
समयपोष्ट
२०७५ असार ३१ गते १२:३४
बैंक अफ काठमाण्डू लिमिटेडको प्रस्तावित १३.२५ प्रतिशत बोनस सेयर पारित भएको छ । बिहिवार सम्पन्न बैकको २३ औं वार्षिक साधारण सभाले सो लाभांश पारित गरेको हो ।
सभाले छलफल तथा अनुमोदनका लागि पेश भएका अन्य सम्पूर्ण प्रस्तावहरु पारित गरेको बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । साथै, आइतबार बैंकका सञ्चालक प्रकाश श्रेष्ठले अध्यक्षको सपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपाल समक्ष सञ्चालक समितिको अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् ।
प्रतिक्रिया