कुमारी बैंकद्धारा “साथ–हकुना मटाटा”लाई सहयोग
समयपोष्ट
२०७५ असार १० गते १४:१४
कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “साथ” नामक सामाजिक कल्याण–उन्मुख गैर–सरकारी संस्थालाई नगद रू.एक लाखको सहयोग गरेको छ ।
साथले आफ्नो “हकुना मटाटा” परियोजना अन्तर्गत विगत ६ वर्षदेखि एच आइ भी संक्रमित परिवारका बालबालिकाको आधारभूत शिक्षा र हेरचाहमा सहयोग पु¥याईरहेको तथा बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिदैँ आईरहेको छ ।
उक्त कल्याणकारी संस्थाका प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ बैंकले यस कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले साथका संस्थापकहरुलाई चेक हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया