शनिबार, ३ साउन २०८२

एनआईसी एशिया बैंकका सञ्चालक संघई सीआईपी अवार्डबाट सम्मानित

समयपोष्ट २०८२ साउन २ गते १२:०२

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित व्यावसायिक व्यक्ति (सीआईपी) अवार्डबाट सम्मानित भएका छन्। मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सरकारले उनलाई यो सम्मान प्रदान गरेको हो।

नेपाल सरकारले हरेक वर्ष अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विशिष्ट व्यक्तिहरूलाई सीआईपी अवार्डबाट सम्मानित गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री