सुनको मूल्य बढ्यो
समयपोष्ट
२०८२ साउन २ गते ११:३०
सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया