एनआईसी एशिया बैंकले ११ प्रतिशत ऋणपत्र निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिङसंग भयो संझौता
एनआईसी एशिया बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता ऋणपत्र निष्काशन गर्ने सम्झौता भएको छ । बैंकले ‘११ प्रतिशत ऋणपत्र २०८२/८३’ निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा बैंकतर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात नबिल इन्भेष्टमेन्ट बैंकिङले बैंकको रु.१,००० अंकित दरका १८,३०,००० कित्ताले हुन आउने १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । सो मात्राको ऋणपत्र मध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ ।
प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ ।
यस अगाडि बैंकले जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको र सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।
प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने अवसर हुने विश्वास बैंकले लिएकोे छ ।
प्रतिक्रिया