आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त
समयपोष्ट
२०८० चैत २५ गते १९:२९
आई.एम.ई. लाईफ इन्स्योरेन्स कं. लि. को चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त हुनुभएको छ ।
कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उहाँलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।
बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त हुनुभएको छ ।
नवनियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध हुनुहुन्थ्यो ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उहाँको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्स कं लिमिटेडमा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।
प्रतिक्रिया