श्रीदेबीको मृत्युको बिषयमा थप अनुसन्धान नहुने
समयपोष्ट
२०७५ वैशाख २८ गते ८:२८
श्रीदेबीको मृत्युको अनुसन्धान हुनुपर्ने माग भारतको सुप्रिम कोर्टले खारेज गरिदिएको छ । फिल्म मेकर सुनिल सिंहले श्रीदेबीको मृत्यु शंकासपद भएको भन्दै गत मार्चमा अनुसन्धान गर्नुपर्ने माग सहित रिट दायर गरेका थिए ।
सो रिट शुक्रबार सर्बोच्चले खारेज गरिदिएको हो । उक्त घटनाको जाँच भारत र दुबईका अधिकारीहरुले गरिसकेको भन्दै सर्बोच्चले पुन:अनुसन्धान गर्न नपर्ने जनाएको छ ।
श्रीदेबीको मृत्यु २४ फेब्रअरीमा दुबईको मैरा एमिरेट्स टॉवरको रूम नंबर 2201मा बाथ टबमा डुबेर भएको थियो । एजेन्सी
प्रतिक्रिया