आइतबार, २३ वैशाख २०८१

“एनआईबिएल ग्रोथ फण्ड” आजदेखि बिक्री खुला

समयपोष्ट २०७९ पुष ७ गते ८:४२

Advertisement

एनआईबिएल एस क्यापिटलको “एनआईबिएल ग्रोथ फण्ड” मा आजदेखि आवेदन दिन सकिन्छ ।

क्यापिटलले बिहीबारदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई निष्काशन गर्दैछ ।

सोमध्ये १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Advertisement

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ८ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ। यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधि सम्म इकाईहरु दोश्रो
बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री