शुक्रबार, ४ जेठ २०८१

आई.एम.ई. लाइफद्वारा ३४.५० प्रतिशत लाभांस प्रस्ताव

समयपोष्ट २०८१ वैशाख २० गते १०:०९

Advertisement

आई.एम.ई. लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

बुधबार सम्पन्न कम्पनीको सञ्चालक समितिको १९२ औं बैठकले शेयरधनी महानुभावहरुलाई कुल ३४.५० प्रतिशत लाभांस वितरण गर्न प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९.५० प्रतिशतलेहुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।

यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भएपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री