आइतबार, ६ जेठ २०८१

भोलि महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा

समयपोष्ट २०८१ वैशाख २३ गते २०:३७

Advertisement

काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको महानगरले सूचना जारी गर्दै जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि वागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट विद्यालयहरुमा बिदा नहुने भएकोले विद्यालय बिदा नगर्नु/नगराउनु मौखिक जानकारी प्राप्त भएपनि महानगरले भने बिदा भएको व्‍यहोरा निर्देशानुसार कार्यान्वयनका लागि अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री