बुधबार, २ जेठ २०८१

झिनो अंकले बढ्यो नेप्से

समयपोष्ट २०८१ वैशाख १७ गते १५:५१

Advertisement

साताको दोस्रो कारोबार दिन नेप्से झिनो अंकले सकारात्मक भएर बन्द भएको छ।

आज नेप्से परिसूचक ०.०७ अंक बढेर १९८०.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा ३१७ स्टकको ४६ हजार ५११ पटकको कारोबारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से झिनो अंकले सकारात्मक भएपनि वित्त उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ। सो उपसमूहको परिसूचक सर्वाधिक ४.१७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक नकारात्मक रहेको छ।

Advertisement

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, गुराँस लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य सर्वाधिक ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल फाइनान्सको साढे १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने जानकी फाइनान्सको कारोबार रकम ९ करोड नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री