शुक्रबार, १६ चैत २०८०

एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा

समयपोष्ट २०७७ मंसिर ५ गते १२:२६

Advertisement

एशियन लाइफ इन्स्योरेन्सले ११ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ ।

इन्स्योरेन्सले २०७७ पुष ४ गते होटल पुजन, वीरगञ्जमा बिहान १० बजे साधारण सभा बाेलाएको हो ।
साधारण सभाबाट कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४/७५ वार्षिक प्रतिबेदन पारित गर्ने, वासलात, नाफा नोक्सान हिसाब लगायतको प्रस्ताव पारित गर्दैछ ।

यस्तै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सिमा भन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने तयारी समेत गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १९ गते देखि पुस ३ गते सम्म बुक क्लाज गर्ने जनाएको छ । त्यस अनुसार मंसिर १८ गते सम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री