शुक्रबार, १४ कार्तिक २०८२

टोखाका लम्साल ढुंगाले लागेर मनास्लु क्षेत्रमा घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

समयपोष्ट २०८२ कार्तिक १४ गते १२:३८

Advertisement

मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् ।

घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन् ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए । प्रतिकूलमौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“टाउकोमा गम्भीर चोट छ, झन जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो । प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन् । बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर लम्साल घाइते भएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री