शुक्रबार, १४ कार्तिक २०८२

माओवादीसँगको एकता ‘अभियुक्त एकता’ हो : दामोदर अर्याल

समयपोष्ट २०८२ कार्तिक १४ गते ११:४२


नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले माओवादी केन्द्रसँग हुने सम्भावित एकतालाई ‘वाम एकता’ नभई ‘अभियुक्त एकता’ को संज्ञा दिएका छन् ।

Advertisement

पार्टीको जारी केन्द्रीय समिति बैठकमा माओवादीसँग एकताबारे छलफल चलिरहेका बेला अर्यालले एकताको विपक्षमा खुलेर असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘माओवादी अध्यक्ष प्रचण्ड सम्पत्ति शुद्धीकरणको छानबिनमा पर्नुभएको छ । उपाध्यक्ष पासाङ सुन तस्करीसम्बन्धी छानबिनमा हुनुहुन्छ । अर्का उपाध्यक्ष महरा सुन तस्करी आरोपमा जेलमा हुनुहुन्छ । प्रवक्ता अग्निजी ज्यान मुद्दामा तारेख खेपिरहनु भएको छ,’ अर्यालले भने,‘त्यसकारण यतिखेर माओवादीसँग एकता गर्नु भनेको वाम एकता होइन, अभियुक्त एकता हुन्छ ।’

उनले अभियुक्त एकताको विरोध गर्दै वास्तविक वाम एकताको पहल थाल्न पार्टी पङ्क्तिमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री